बुधबार, भदौ ३, २०८३

अब दुईवटा मात्र तुइन बाँकी : प्रधानमन्त्री

 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब दार्चुलामा दुईवटा मात्र तुइन बाँकी रहेको बताएका छन्। उनले सञ्चारमाध्यममा तुइनको फोटो देखाएर सरकारको आलोचना गरिएकोमा गुनासो गरे।

२०७२ साल असोजमा पहिलोपल्ट प्रधानमन्त्री हुँदा ओलीले पहिलो निर्णय नै एक वर्षभित्र तुइन विस्थापन गर्ने बताएका थिए।

देशका विभिन्न ठाउँमा अझै नागरिकले तुइनबाट जोखिमपूर्ण रूपमा नदी वारपार गर्ने गरिएको भन्दै प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ।

राजधानीमा सोमबार बिजुलीको तार भूमिगत रुपमा राख्ने कार्य थालनी गर्दै प्रधानमन्त्रीले भने, ‘दार्चुलामा दुई वटा तुइन बाँकी छ, त्यही फोटो खिचेर देखाइरहेको छ।’

उनले दिनमा ६ किलोमिटर बाटो पिच भइरहेको जानकारी दिए।  प्रधानमन्त्री ओलीले बिजुलीको तार भूमिगत भएपछि सहरको सौन्दर्य बढ्ने बताए।

उनले भने, ‘चराले गुँड बनाउने गरी गुजुल्टिएको तार हट्छ। अब सहर कुरुप हुँदैन, चिटिक्कको सहर बन्छ।’
तार भूमिगत गर्ने काम महाराजगन्जबाट सुरु गरिएको हो ।

प्रकाशित: Feb 17, 2020| 11:22 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।