काठमाडौं– विराटनगरवाट सञ्चालित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेललाई ब्लड क्यान्सर भएको छ। अचानक क्यान्सर देखिएपछि पौडेललाई काठमाडौंको मीनभवनस्थित सिभिल हस्पिटलमा भर्ना गरिएको छ।
पत्रकार पौडेलको उपचारका लागि निकै खर्च लाग्ने भएकाले सहयोग जुटाउने क्रम पनि सुरु भएको बताइएको छ।
पत्रकारहरुको अन्तर्राष्ट्रिय नेटवर्क इन्जाले सहयोग जुटाउन थालिसकेको छ । इन्जा एसियाका अध्यक्ष पत्रकार टंक पन्तले नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल लगायत निकायलाई सहयोगको हात बढाउन आग्रह गरेका छन्।
जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेका पौडेल नेपाल समाचारपत्र दैनिकमा जिल्ला ब्युरो प्रमुख थिए। त्यसपछि उनले विराटनगर फर्केर टेलिभिजनमा काम गर्न थालेका हुन्।
विराटनगरका क्याम्पसमा अध्यापन समेत गर्ने पौडेलको उपचारका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अस्पतालले जानकारी दिएको बताइएको छ।