बुधबार, भदौ ३, २०८३

सेना लिएर रक्षामन्त्री पोखरेल गए कालापानी

भारतले आफ्नो राजनीतिक नक्सामा कालापानीलाई समेटेपछि पहिलो पटक नेपाल सरकारका मन्त्री कालापानी क्षेत्रमा गएका छन् ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

दार्चुला- भारतले आफ्नो राजनीतिक नक्सामा कालापानीलाई समेटेपछि पहिलो पटक नेपाल सरकारका मन्त्री कालापानी क्षेत्रमा गएका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल आज (सोमबार) नेपाली सेनाको हेलिकोप्टरमार्फत कालापानी क्षेत्रमा उडेका छन् । सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर रक्षा मन्त्री पोखरेल केहि सेनासहित त्यसतर्फ उडेका हुन्।

उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहेको जनाइएको छ। कालापानीको वस्तुस्थिती बुझ्न मन्त्रीसहित जनप्रतिनिधी र सेनाका प्रतिनिधि त्यसतर्फ गएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री पोखरेल हिजो (आइतबार) नै दार्चुला पुगेका थिए । उनले हिजै दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण गरेका छन् ।

भारतले आफ्नो नक्सामा नेपाली भूभागलाई समेटेको भन्दै चर्को विरोध हुँदै आएको थियो । विरोधपछि सरकारले भारतीय नक्सा सच्याउँन कूटनीतिक रुपमा दबाब दिने बताउँदै आएको थियो । तर, अझैसम्म नक्सा सच्चिएको छैन् ।

फागुन ३ गते संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री केपीशर्मा ओलीले कालापानी क्षेत्र फिर्ता गर्न सरकार सक्रिय भएको बताएका थिए । त्यसको भोलिपल्टै दार्चुला उडेका रक्षामन्त्री आज कालापानी क्षेत्र जान लागेका हुन् ।

कालापानी क्षेत्रमा मन्त्रीस्तरिय भ्रमण पहिलो पटक हुन लागेको हो । उक्त क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी निर्माण गर्ने तयारी गरिएको छ ।

प्रकाशित: Feb 17, 2020| 09:32 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।