सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय यू–२३ फुटबल टिमको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन

राष्ट्रिय यू–२३ फुटबल टिमको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन

नेपाली राष्ट्रिय टिमका पूर्व मुख्य प्रशिक्षक बालगोपाल महर्जन उमेर समूह यू–२३ को मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय टिमका पूर्व मुख्य प्रशिक्षक बालगोपाल महर्जन उमेर समूह यू–२३ को मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले आज सोमबार सूचना जारी गर्दै प्रशिक्षक महर्जनलाई यू–२३ को मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जनाएको छ।

National life

अब उनको प्रशिक्षणमा नेपाली यू–२३ टिमले आउँदो एसियन कप छनोट खेल्नेछ। मुख्य प्रशिक्षक महर्जनसँगै रोजित केसी सहायक प्रशिक्षकमा नियुक्त भएका छन् भने ललित चन्द गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन्।

अहिले यू २३ मा नेपाली टिम इरान, लेबनान र ताजकिस्तान रहेको समूह बीमा परेको छ। अब नेपालले अक्टोबर २५ मा इरानसँग पहिलो खेल खेल्नेछ भने दोस्रो खेल ताजकिस्तानमा अक्टोबर २८ मा खेल्नेछ।

नेपालको अन्तिम खेल भने लेबनानसँग अक्टोबर ३१ मा हुनेछ। सबै खेल ताजकिस्तानको राजधानी डुसनाबेमा हुनेछन्।

प्रकाशित: Sep 06, 2021| 17:54 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।