बुधबार, भदौ ३, २०८३

लमजुङ दरबार प्रहरीको कब्जामा, राखियो अस्थायी पोष्ट

लमजुङको बेँसीशहर नगरपालिका–३ गाउँशहरस्थित लमजुङ दरबारमा प्रहरी पोष्ट खडा गरिएको छ । ऐतिहासिक दरबारमा आइतबार प्रहरीले अस्थायी पोष्ट स्थापना गरेको हो ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

लमजुङ- लमजुङको बेँसीशहर नगरपालिका–३ गाउँशहरस्थित लमजुङ दरबारमा प्रहरी पोष्ट खडा गरिएको छ । ऐतिहासिक दरबारमा आइतबार प्रहरीले अस्थायी पोष्ट स्थापना गरेको हो ।

पर्यटकका लागि आकर्षक गन्तब्य मानिएको लमजुङ दरबारमा प्रहरीले कब्जामा लिएको भन्दै स्थानीयले विरोध गरेका छन् । विरोधकाबीच आइतबार प्रहरीले अस्थायी पोष्ट खडा गरेको हो ।

प्रहरी पोस्ट्को बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले संयुक्त रुपमा गरेका थिए ।

प्रहरी नायब उपरीक्षक गुरुङले गाउँशहर ऐतिहासिक लमजुङ दरबार रहेको, धार्मिक महत्व बोकेको ठाउँ र यहाँ काउलेपानी घरवाससमेत सञ्चालन भएकाले विभिन्न घटना हुनसक्ने भएकाले सुरक्षा आवश्यक रहेकाले अस्थायी पोष्ट स्थापना गरिएको दाबी गरे ।

वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले प्रहरी पोस्ट् स्थापनाले गाउँले सुरक्षित हुने बताए ।

यसक्षेत्रमा प्रहरी पोस्ट् आवाश्यक रहेपनि दरबार परिसमै राखेकोमा केहि स्थानीयले असन्तुष्टि जनाएका छन् । उनीहरुले सुरक्षाका दृष्टिकोणले राम्रो भएपनि प्रहरीले दरबार नै कब्जा गरे जसरी बस्दा नकारात्मक सन्देश जाने उनीहरुको तर्क छ ।

गाउँशहरमा सोह्रौँ शताब्दीमा निर्माण गरिएको लमजुङ दरबार नेपालकै पुरानो दरबार मानिन्छ । यो दरबार समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा रहेको छ ।

शाह वंशीय राज्यकालको उद्गमथले लमजुङ र त्यसैको विरासत लमजुङ दरबार रहेको छ । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई लमजुङका खजेदुरालगायतले यहाँ ल्याएर राजा बनाएको इतिहास रहेको छ ।

त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ । सो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा जशमु शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढायो ।

राजालाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगादी गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ ।

त्यसपछि विभिन्न नामका राजाले यो दरबारबाटै लमजुङको बागडोर सम्हालेको थियो । धेरैपछि यशोबह्मा शाह राजा भयो । उनको मृत्युपछि उहाँका जेठा छोरा नरहरि शाह राजा भए । उनीपछि विभिन्न शाह राजा भई लमजुङको अन्तिम राजा वीर शाह रहेका थिए ।

विसं १८३८ सम्म शाह वंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीय बताउँछन् । त्यस्तै यस दरबार नजिकै काउलेपानी घरवास सञ्चालनमा रहेको छ ।

प्रकाशित: Feb 17, 2020| 08:22 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।