बुधबार, भदौ ३, २०८३

अब खुलारुपमा बँदेल मारेर खान पाइने !

वन तथा वातावरण मन्त्रालयले ल्याएको नयाँ नियम अनुसार अब बँदेल मार्न पाइने भएको छ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

काठमाडौं- वन तथा वातावरण मन्त्रालयले ल्याएको नयाँ नियम अनुसार अब बँदेल मार्न पाइने भएको छ।

मन्त्रालयले जंगली बँदेललाई हानिकारक जनावरको सूचीमा राखेसँगै अब यसलाई मार्न पाइने भएको हाे । मन्त्रालयले बँदेललाई मन्त्रालयले अनुज्ञापत्रविनै धपाउन, पक्रन वा मार्न सकिने निर्णय गरेको छ।

किसानको बालीमा हानी गरेकाले यसलाई मार्न सक्ने गरी हानिकारक वन्यजन्तु घोषणा गरेको मन्त्रालयले जनाएको छ । बँदेल नेपालका प्रायः सबैजसो जिल्लामा पाइन्छ।

हानिकारक जनावर घोषणा गरेर मार्न अनुमति दिएसँगै कृषि बालीमा हानी नपुर्याउने बँदेल पनि जोखिममा पर्ने सम्भावना बढेको छ।

मन्त्रालयले बँदेल मार्न पाउने व्यवस्था यही आर्थिक वर्ष भरिका लागि मात्रै गरेको हो । बँदेललाई ०७६-०७७ सम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Feb 17, 2020| 08:12 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।