बुधबार, भदौ ३, २०८३

छुट्टाछुट्टै दुर्घटनामा ६ को मृत्यु

मोरङलगायत देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं- मोरङलगायत देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार को६प ७९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका स्थानीय ५३ वर्षीय हरिलाल माझीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ।

ग्रामथान गाउँपालिका–३ रंङटोलीस्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त मोटरसाइकलले माझीलाई ठक्कर दिएको थियो।

यस्तै जहदा गाउँपालिका–५ को भित्री सडक खण्डमा दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। को३७प ९७४३ नम्बरको मोटरसाइकल र को१२प ६२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा को३७प ९७४३ नम्बरको मोटरसाइकल चालक २४ वर्षीय वीरेन मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै विराटनगर महानगरपालिका–३ दुध फारम नजिकै दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ। दुहबीबाट विराटनगर जाँदै गरेको को३७प ९५७२ नम्बरको मोटरसाइकलले अन्दाजी ७० वर्षीय पैदल यात्रीलाई ठक्कर दिँदा उनको उपचारका क्रममा नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ। मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित सडकमा से.०१ त ५६५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा च्यापिएर गम्भीर घाइते भएका चालक लम्कीचुहा नगरपालिका–७ बस्ने ४२ वर्षीय कृष्ण चौधरीको टिकापुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ।

रौतहट चन्द्रपुर नगरपालिका–१ स्थित सडकमा ना.१ ज ६७८४ नम्बरको टाटा सुमो अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका सुमो चालक मकवानपुर चौकीटोल बस्ने ४० वर्षीय जीवन भोलनको चपुर प्रा.लि.हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ।
रुपन्देहीको तिलोत्तमा नयाँ मिलमा सिलिण्डर ग्याँस बोकेको गाडी (बोलेरो पिकअप) पल्टिँदा चालकको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।

बुटवलवाट भैरहवातर्फ जादै गरेको लु१च ३८२६ नम्बरको गाडीले अनियन्त्रित भई लु१९प ५३६३ नम्बरको मोटरसाइकलसालाई ठक्कर दिँदा गाडी चालक ३० वर्षीय असकुमार चौधरीको मृत्यु भएको छ।

गम्भीर घाइते चौधरीको उपचारका क्रममा क्रिमशन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलवापुरले जानकारी दिएको छ।

आइतबार दिउँसो सवा चार बजे भएको दुर्घटनामा पाल्पाको तिनाउ गाउँपालिका–१ का मोटरसाइकल चालक ४७ वर्षीय कमलप्रसाद पोखरेल र सोही मोटरसाइकलमा सवार वर्ष ३५ का कृष्ण खड्का घाइते भएका छन्।

घाइते दुवै जनाको क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 16, 2020| 19:09 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।