बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निजगढ विमानस्थलसम्बन्धी रिट सर्वोच्चको पूर्ण इजलासले हेर्ने

निजगढ विमानस्थलसम्बन्धी रिट सर्वोच्चको पूर्ण इजलासले हेर्ने

निजगढ विमानस्थलसम्बन्धी सर्वोच्च अदालतमा परेका दुईवटै रिटलाई पूर्ण इजलासले हेर्ने भएको छ।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं– निजगढ विमानस्थलसम्बन्धी सर्वोच्च अदालतमा परेका दुईवटै रिटलाई पूर्ण इजलासले हेर्ने भएको छ। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेसमेतले दायर गरेको दुई अलग अलग रिटलाई एकै पटक सुनुवाई गर्न सर्वोच्चले आइतबार पूर्ण इजलाशमा पठाउने आदेश दिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार रेग्मीको इजलाशले दुईवटै रिटमा आइतबार सुनुवाई गर्दै उक्त रिट पूर्ण इजलासमा पठाउने आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ।

निजगढमा वन क्षेत्र मासेर विमानस्थल बनाउँदा धेरै रुख काट्नुपर्ने भएकाले त्यसले जैविक विविधता र वन्यजन्तुको बासस्थान मासिने हुँदा उक्त विमानस्थल निर्माणको काम रोक्न माग गर्दैै सर्वोच्चमा रिट दायर भएको थियो।

दुवै रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले निजगढ विमानस्थलको काम अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ। संरक्षण अभियन्ताहरुले निजगढको सट्टा वैकल्पिक ठाउँ खोजेर विमानस्थल बनाउनुपर्ने माग गर्दै आएका छन्। काठमाडौंको विमानस्थललको चाप कम गर्न सरकारले विकल्पको रुपमा निजगढ विमानस्थल निर्माण गर्न लागेको हो।

प्रकाशित: Feb 16, 2020| 18:02 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।