बुधबार, भदौ ३, २०८३

दलित संघ स्थापनाको २२ वर्ष पूरा

नेपाल दलित संघ स्थापनाको आज (फागुन ४ गते) २२ वर्ष पुरा भएको छ।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं- नेपाल दलित संघ स्थापनाको आज (फागुन ४ गते) २२ वर्ष पूरा भएको छ।

नेपाली समाजमा परम्परागत रुपमा हुँदै आएको जातिय विभेद तथा छुवाछुत लगायतका कुसंस्कारविरुद्ध संगठित हुन र समाजमा परिवर्तनका आवाज बुलन्द पार्न नेपाली कांग्रेसको भ्रातृ संगठनका रुपमा दलित संघ स्थापना भएको थियो।

वि.सं. २०५४ साल फागुन ४ गते यस संघले औपचारिक रुपमा नेपाली कांग्रेसको भ्रातृ संगठनको मान्यता पाएको थियो।

सामाजिक कुसंस्कार र अमानवीय व्यवहारको शिकार भई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, धार्मिक एवम् प्रशासनिक क्षेत्रमा शोषित, उपेक्षित, उत्पीडित, अपमानित एवम् वञ्चितिकरणमा पारिएका दलित समुदायलाई राजनीतिक रुपले प्रशिक्षित गर्न संघको स्थापना गरिएको थियो।

स्थापना दिवसका अवसरमा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले स्वेदश तथा विदेशमा रहेका लोकतन्त्रको मूल्य, मान्यता र संस्कृतिलाई आदर्शको रुपमा अनुसरण गर्ने सम्पूर्ण व्यक्तिहरुमा शुभकामना व्यक्त गरेका छन्।

दलित संघले स्थापनाकालदेखि नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्न प्रतिबद्ध तथा सामाजिक न्याय, समानता, समानुपातिक सहभागिता र मर्यादाको पक्षमा निरन्तर पैरवी गर्दै आएको छ।

प्रकाशित: Feb 16, 2020| 16:09 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।