बुधबार, भदौ ३, २०८३

ललिता निवास जग्गा प्रकरणमा १७२ माथि ठगी मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेका १७५ जनामध्ये १७२ जनामाथि गठी मुद्दा दर्ता भएको हो।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं– ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने कार्यमा मुछिएका १७२ जनामाथि ठगी मुद्दा दर्ता भएको छ।

ललिता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेका १७५ जनामध्ये १७२ जनामाथि गठी मुद्दा दर्ता भएको हो।

गृह मन्त्रालयको जाहेरीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी) ले उनीहरूमाथि आइतबार मुद्दा दर्ता गरेको छ।

‘ललिता प्रकरणमा जोडिएका विरुद्ध सम्बन्धित पक्षबाट जाहेरी आएसँगै ठगीमा मुद्दा दर्ता भएको छ’, सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेयले भने, ‘निकै चर्चित र ठूलो संख्यामा मानिस जोडिएकाले हामी गहिरो अनुसन्धान गर्छौं।’

धेरै कागजी प्रक्रियामा काम गर्नुपर्ने भएकाले समय पनि धेरै लाग्ने भन्दै पाण्डेयले मुद्दा चलाउनुपर्ने व्यक्तिको नामहरु सरकारी वकिलमार्फत मुद्दा अदालतमा लैजाने बेला मात्र एकिन हुने बताए।

गृह मन्त्रालयले ठगी र कीर्ते मुद्दा चलाउन लिखित उजुरी दिएसँगै आरोपितहरुलाई पक्राउको बाटो खुलेको छ। सीआईबीले कांग्रेस उपसभापतिसमेत रहेका विजय गच्छदार, पूर्वमन्त्री डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी, छविराज पन्त, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, अख्तियारका पूर्वप्रमुख दीपबहादुर बस्न्यात, तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीसहितलाई मुद्दा चलाउन माग गरेको थियो।

सीआईबीले १३६ रोपनी सरकारी जग्गा खरिदबिक्रीमा सहयोग पुग्ने गरी निर्णय गर्ने तत्कालीन सरकारका उच्च पदाधिकारी, सरकारी कर्मचारी, नक्कली मोही, दलाल, बिक्रीकर्ता र खरिदकर्ता गरी १७५ माथि कारबाही सिफारिस गरेको थियो।

प्रकाशित: Feb 16, 2020| 16:00 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।