बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री कार्यालयको स्पष्टीकरण, ‘मदिरापान कार्यालयमा होइन निवासमा हो’

मुख्यमन्त्री कार्यालयको स्पष्टीकरण, ‘मदिरापान कार्यालयमा होइन निवासमा हो’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कार्यालयमै मदिरा सेवन गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना बढेपछि मुख्यमन्त्रीको सचिवालयले स्पष्टीकरण दिएको छ।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कार्यालयमै मदिरा सेवन गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना बढेपछि मुख्यमन्त्रीको सचिवालयले स्पष्टीकरण दिएको छ।

केही दिनयता सामाजिक सञ्जालमा मुख्यमन्त्री कार्यालयमा मदिरासहितको पार्टी गरिरहेको फोटो तथा भिडियो सार्वजनिक भएपछि मुख्यमन्त्री गुरुङको आलोचना भएको थियो।

यस सन्दर्भमा मुख्यमन्त्रीका निजी सचिव डिल्लीराम सिग्देलले एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

विज्ञप्तिमा मुख्यमन्त्रीको कार्यालयमा नभई निवासमै पार्टी गरिएको र यो गुरुङ संस्कृति रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘फागुन २ गते मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनु भएको सन्दर्भमा पाहुना खानाको प्रबन्ध गरेको तथा उक्त दिन मुख्यमन्त्रीज्यूको जन्मदिनसमेत रहेकाले निवासमा साँझ पारिवारिक जमघटको व्यवस्था गरिएको थियो।’

अगाडि भनिएको छ, ‘सो क्रममा खिचिएको भिडियो र फोटाहरुलाई मुख्यमन्त्रीज्यूको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै सार्वजनिक गर्नु बिडम्बनापूर्ण छ।’

विज्ञप्तिमा उक्त कार्य गुरुङ जातिको संस्कार अनुसार पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अति।रञ्जित गर्न खोजिएजस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पारिएको छ।

यो विषयमा भ्रममा नपर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ।

प्रकाशित: Feb 16, 2020| 15:57 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।