बुधबार, भदौ ३, २०८३

प्रदेश–२ को नाममा ‘मधेस’ जोड्न दलहरु सहमतिनजिक

प्रदेश–२ को नामकरणमा दलहरू सहमतिनजिक पुगेका छन्।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

जनकपुरधाम– प्रदेश–२ को नामकरणमा दलहरु सहमति नजिक पुगेका छन्। आइतबार भएको छलफलमा प्रदेशको नामबारे सहमति जुट्न नसके पनि नाममा मधेस शब्द जोड्न प्रतिपक्षी दलहरु सहमत देखिएका छन्।

नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफ्नो दलले लचकता देखाएर ‘जानकी मधेस’ को प्रस्ताव अघि सारेको बताए। उनले सत्तापक्ष लचक भए आफूहरु पनि सहमति गर्न तयार रहेको जनाए।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि सहमतिका लागि ‘मिथिला मधेस’ अघि सारेको बताए। सत्ता पक्षले मधेसबाहेक केही सुन्नै नचाहेकाले आइतबारको बैठक निष्कर्षविहीन भएको यादवको भनाइ छ। 

गत भदौमा दलहरुले नाम र राजधानीका विषयमा प्रस्ताव राखेका थिए। प्रदेश नाममकरणसम्बन्धी प्रस्तावमा सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले ‘मधेस प्रदेश’ प्रस्ताव गरेका थिए। प्रमुख प्रतिपक्षी नेकपाले भने ‘जानकी प्रदेश’ र नेपाली कांग्रेसले ‘मिथिला भोजपुरा’ प्रदेश प्रस्ताव गरेका थिए।

आइतबार समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सराेज यादवले स्थायी राजधानीबारे दलहरु यसअघि नै सहमतिमा पुगिसकेको र नामकरणमा समेत सहमति जुट्ने विश्वास व्यक्त गरे।

सभामुख यादवले भने, ‘आज हामीले सबै संसदीय दलका नेताहरुसँग छलफल गरेका छौं । छलफल सकारात्मक रह्यो चाँडै सहमति जुट्ने सम्भावना छ ।’

यद्यपि प्रदेशको नामकरण र राजधानीबारे सहमति जुटाउन सभामुख यादव नेतृत्वको संसदीय समितिले फागुन १५ भित्र दुबै प्रस्ताव प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ। समितिका संयोजकसमेत रहेका सभामुख यादवले १५ फागुनभित्र प्रदेशको नामाकरण र स्थायी राजधानीबारे टुंगो लगाउने आफ्नो सोच रहेको र सोहीअनुसार अगाडि बढेको बताए ।

मुख्यमन्त्री एवं समाजवादी पार्टी संसदीय दलका नेता लालबाबु राउतले नाम टुङ्ग्याउन नसकिए पनि दलहरु सहमति नजिक पुगेको प्रतिक्रिया दिए। उनले मुलुकमा संघीयता स्थापना गराउने ‘मधेश आन्दोलन’को सम्मानका लागि भए पनि ‘मधेश प्रदेश’ प्रदेश राख्नुपर्नेमा जोड दिए।

राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली कांग्रेसले समेत मधेशलाई स्वीकार गरेको भन्दै धन्यवाद व्यक्त गरे। आगामी बैठकबाट सहमति हुने उनको विश्वास छ।

प्रकाशित: Feb 16, 2020| 15:18 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।