आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जब मुख्यमन्त्री केजरीवालले गाए, ‘हामी सफल हुनेछौँ एक दिन’

जब मुख्यमन्त्री केजरीवालले गाए, ‘हामी सफल हुनेछौँ एक दिन’

अरविन्द केजरीवालले भारतको दिल्ली प्रदेशको मुख्य मन्त्रीका रुपमा तेस्रो पटक सपथ ग्रहण गरेका छन्।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

एजेन्सी- अरविन्द केजरीवालले भारतको दिल्ली प्रदेशको मुख्य मन्त्रीका रुपमा तेस्रो पटक सपथ ग्रहण गरेका छन्। आइतबार नयाँ दिल्लीस्थित ऐतिहासिक रामलीला मैदानमा उनको सपथ ग्रहणमा हजारौँ सर्वसाधारण उपस्थित भए।

National life

सहरका अटोरिक्सा चालक, बस चालक/सहचालक/चिकित्सक/निर्माण मजदुर लगायतलाई विशेष अतिथिका रुपमा राखेर गरिएको सपथ ग्रहण कार्यक्रमको विशेष समारोहमा सबै दिल्लीवासीलाई निम्तो गरिएको थियो।

सपथ ग्रहणपछि रामलीला मैदानमा आफ्नो मन्तव्यको अन्त्यमा केजरीवालले एउटा प्रगतिशील गीत गाए।

‘हामी सफल हुनेछौँ एक दिन,
मनमा छ विश्वास, पुरा छ विश्वास,
हामी सफल हुनेछौँ एक दिन।
हामी हिड्ने छौँ साथ साथ,
मनमा छ विश्वास, पुरा छ विश्वास,
हामी हिँड्नेछौँ साथ साथ
हुनेछ शान्ति चारैतिर एक दिन।।

यी लाईनहरु केजरीवालले गाउँदा रामलीला मैदानमा उपस्थित भएका हजारौँ शुभेच्छुकहरुले उनलाई साथ दिएका थिए।

Laxmi sunrise bank
kumari

आम आदमी पार्टीले लगातार बहुमत प्राप्त गरेपछि केजरीवालले तेस्रो पटक मुख्यमन्त्रीका रुपमा सपथ लिएका हुन्।

केजरीवालले दिल्ली प्रदेशमा आमूल परिवर्तनका काम गरेको उनका प्रशंसकहरु बताउँछन्।

न्युन आय भएका परिवारको बिजुली, पानी, फोहोरलगायतको शुल्क कटौति, निशुल्क सौचालय, शिक्षा, स्वास्थ्यलगायतका कुराहरु निशुल्क गरिएको छ।

थुप्रै सुधारका काम गरेपछि उनले यसपटकको विधानसभा निर्वाचनमा समेत ऐतिहासिक मत प्राप्त गर्दै तेस्रो पटक मुख्यमन्त्रीका रुपमा सपथ ग्रहण गरेका हुन्।

 

प्रकाशित: Feb 16, 2020| 15:15 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।