आइतबार, चैत १, २०८२

केजरीवाल तेस्रो पटक मुख्यमन्त्री, मोदीसँग मागे आशीर्वाद

आम आदमी पार्टी (आप)का संयोजक अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका छन्। भारतको राजधानीसमेत रहेको दिल्लीको रामलिला मैदानमा केजरीवालले शपथ लिएका हुन्।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

नयाँ दिल्ली– आम आदमी पार्टी (आप)का संयोजक अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका छन्। भारतको राजधानीसमेत रहेको दिल्लीको रामलिला मैदानमा केजरीवालले शपथ लिएका हुन्।

National life

सन् २०१३ मा केही दिनका लागि र सन् २०१५ पूरै पाँच वर्षका लागि केजरीवाल दिल्लीको मुख्यमन्त्री भएका थिए। दिल्ली प्रदेशको गत साता आएको निर्वाचन परिणाम अनुसार केजरीवालको पार्टीले ७० सिटमध्ये ६२ सिट जितेको छ। सन् २०१५ मा आपले ६७ सिट जितेको थियो।

आइतबार रामलिला मैदानमा शपथ लिँदै केजरीवालले विरोधको राजनीति नगर्ने दाबी गरे। उनले आफूलाई चुनावको दौरान अपशब्द बोलेका नेताहरुलाई पनि माफी दिएको बताए।

दिल्लीको विकासका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आशीर्वाद पनि केजरीवालले मागे। उनले आगामी पाँच वर्षमा दिल्ली बदलिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: Feb 16, 2020| 13:58 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।