बुधबार, भदौ ३, २०८३

प्रहरीको स्विप अपरेसनमा ५७ पक्राउ

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रबाट प्रहरीले अवैध कार्यमा संलग्न ५७ जनालाई नियन्त्रणमा लिएको छ।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं– काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रबाट प्रहरीले अवैध कार्यमा संलग्न ५७ जनालाई नियन्त्रणमा लिएको छ।

स्विप अपरेसनका क्रममा शनिबार राति ५७ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ।

पक्राउ पर्नेमा सानुकाजी दर्जी, विनोद भट्टराई, विष्णु थापा, नरेन्द्र पोमु, अशोक पोमु, कमल काराखेती, सोमबहादुर तामाङललगायत छन्।

सानुकाजी जबरजस्ती करणीका फरार अभियुक्त हुन्।

पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको वृत्तले जनाएको छ।

प्रहरीले नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत स्विप अपरेसन गरेको छ। अपरेसनका क्रममा सय लिटर अवैध घरेलु मदिरा पनि नष्ट गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 16, 2020| 13:01 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।