बग्दाद– इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावास नजिकै फेरि रकेट हमला भएको छ।
घटनाको क्षतिबारे अझै यकिन विवरण आउन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमणका बेला ग्रिन जोननजिकै एउटा विमान घुमिरहेको प्रत्यक्षदर्शीले बताएका थिए।
अमेरिकी सैनिक स्रोतले भने दूतावासमा क्षति पुर्याउन हमला गरेको दाबी गरेको छ।
यो २०१९ अक्टुवरपछि गरिएको १९ औं हमला हो।
पछिल्लो महिना उत्तरी इराकमा भएको यस्तै हमलामा अमेरिकी कन्टेक्टरको मृत्यु भएको थियो।
यसपछि अमेरिकाले गरेको कारवाहीमा इरानका उच्च कमान्डर कासिम सुलेमानी, इरानका अर्धशैनिक बलका उपप्रमुख हशद अल–शाबीलगायतको ज्यान गएको थियो। घटनामा इरान समर्थित मिलिसिया पनि मारिएका थिए।
त्यसयता इरान र अमेरिकाबीच तनाव जारी छ।