काठमाडौं- पश्चिमी र स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका पहाडी भूभागको मौसम बदलिएको छ।
बाक्लो तुँवालो र बादलका कारण शुक्रबारदेखि नै मौसम धुम्म भएको छ। मौसम धुम्मिए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही दिनदेखि धुम्मिएको मौसम शिवरात्रिसम्म खुल्ने संकेत नदेखिएको महाशाखाका मौसमविद् राजु प्रधानांगले नेपाल समयलाई जानकारी दिए। उनका अनुसार अहिले देखिएको बादल करिब एक हप्ता रहनेछ। यसले शिवरात्रि आसपासमा फाट्टफुट्ट वर्षासमेत गराउन सक्छ।
तराईको मौसम भने सफा रहेको छ। अहिले धुम्मिएको मौसम खुलेसँगै ह्वात्तै गर्मी चढ्ने उनले बताए। अहिले काठमाडौं उपत्यकाको न्यूनतम ताक्रम ९ डिग्री र अधिकतम तापक्रम २० डिग्री सेल्सियस छ।
यस्ताे हुनेछ आगामी तीन दिनको मौसम
फागुन ०४ गते (आइतबार)
दिउँसो : देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति : देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
फागुन ०५ गते (सोमबार)
दिउँसो : देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति : देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
फागुन ०६ गते (मंगलबार)
दिउँसो : देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।