बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वुहानबाट उद्धार गरिएका १७५ नेपाली खरिपाटी क्वारेन्टाइनमा, १४ दिनपछि घर फर्काइने

वुहानबाट उद्धार गरिएका १७५ नेपाली खरिपाटी क्वारेन्टाइनमा, १४ दिनपछि घर फर्काइने

कोरोना भाइरसबाट आतंकित नेपालीलाई चीनको वुहानबाट उद्धार गरि भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्याइएको छ ।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडाैं- कोरोना भाइरसबाट आतंकित नेपालीलाई चीनको वुहानबाट उद्धार गरि भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्याइएको छ ।

आइतबार बिहान मात्रै वुहानबाट ल्याइएका १७५ जना नेपालीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतरण गरेका थिए । उनीहरुलाई नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमा ल्याइएको हो ।

बिहान ४ बजे तिर विमानस्थलमा ओर्लिने वित्तिकै विमानमा दिइएको खानेकुरा उनीहरुलाई डिस्पोजल गर्न लगाइएको थियो। त्यसपछि विमानस्थलमै रहेको हेल्थ डेस्कमा उनीहरुको पुनः स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य परिक्षणमा सबैको अवस्था नर्मल भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले नेपाल समयलाई जानकारी दिए ।

स्वास्थ्य परिक्षणपछि १७५ नेपालीलाई नै बसहरुमा राखेर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र पुर्‍याइएको छ । विमानस्थलमै आपुगेका ६ वटा बसले उनीहरुलाई क्वारेन्टाइनमा पुर्याएको हो

ती बससँगै एम्बुलेन्स, स्वास्थ्यकर्मीको टोली तथा एपीएफको गाडी पनि खरिपाटी पुगेका थिए। त्यहाँ उनीहरुलाई त्यहाँ १४ दिनसम्म राखिनेछ। परिवारसँग भेट्न दिइने छैन।

१४ दिनपछि पुनः स्वास्थ्य परिक्षण गरेर घर फर्काइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता दाहालले बताए । उनका अनुसार उनीहरुलाई कडा निगरानरीमा राखिने छ । त्यो अवधिमा बाहिरका कोहि पनि व्यक्तिसँग भेट्न दिइने छैन् ।

वुहानबाट ल्याइएका १ सय ७५ नेपालीमध्ये १ सय ७० विद्यार्थी, दुई जना चीन घुम्न गएका पर्यटक, दुई बालबालिका र एक जना कामदार छन्। जसमा १३४ पुरुष र ४१ महिला छन्।

उनीहरूसँगै नेपाल आउन ठिक्क परेका ६ जना नेपाली भने अस्वस्थ देखिएपछि विमानस्थलमै रोकिएका थिए भने ४ जना नेपाल फर्किन इच्छुक देखिएनन् ।

प्रकाशित: Feb 16, 2020| 08:04 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।