बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली भूमिमै भारतले खन्यो सडक, प्रधानमन्त्री भन्छन्- 'विस्तारै ठिक हुन्छ'

नेपाली भूमिमै भारतले खन्यो सडक, प्रधानमन्त्री भन्छन्- 'विस्तारै ठिक हुन्छ'

दार्चुलाको उत्तरी सीमा व्यास क्षेत्रमा भारतले नेपाल भूमिमै आएर करिब आधा किलोमिटर सडक खनेको छ । भारतले दुई ठाउँमा सडक बनाए
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले संसद्मा प्रधानमन्त्रीले गरेको सम्बोधन र कोरोना भाइरसबाट आतंकित १७५ नेपालीलाई स्वदेश फर्काइएको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।

आजको नागरिक दैनिकले संसद्मा प्रधानमन्त्रीको दाबी, अनुभूति हुनेगरी परिवर्तन भएको छ शीर्षकमा मुख्य समाचार छापेको छ । यस्तै चीनबाट नेपालीको उद्धार, १७५ भित्रिए, ६ जना विमानस्थलमा रोकिए शीर्षकको खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोस्ट्ले बल्ल उद्धार शीर्षकमा खबर लेखेको छ भने आफ्नो कार्यकालको २ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपीशर्मा ओलीले गरेको सम्बोधनलाई मुख्य समाचार बनाएको छ ।

आजको नयाँ पत्रिकाले संसद्मा प्रधानमन्त्री, सरकारको प्रतिरक्षा, विपक्षीलाई कटाक्ष शीर्षकमा मुख्य समाचार छापेको छ । चीनबाट १७५ नागरिकको उद्धार भएको विषयलाई पनि नयाँ पत्रिकाले प्राथमिकताका साथ छापेको छ ।

आजको कान्तिपुर दैनिकले भने प्रधानमन्त्रीले संसद्मा भारतले हडपेको नेपाली भूभाग नै फिर्ता ल्याउने दाबी गरिरहदा भारतले महाकालीवारी नेपाली भूमिमा सडक खनेको विषयलाई मुख्य समाचार बनाएको छ ।

दार्चुलाको उत्तरी सीमा व्यास क्षेत्रमा भारतले नेपाल भूमिमै आएर करिब आधा किलोमिटर सडक खनेको समाचारमा उल्लेख छ ।

उसले लेखेको छ– व्यास गाउँपालिका १ को माल्पादेखि दोपखेसम्मको भागमा डोजर गुडाउने सडक , महाकाली नदी तार्न पुल र दुई काठेपुल बनाएको हो । भारतले दुई ठाउँमा सडक बनाएर निर्माण सामाग्री ढुवानी गरेको छ ।

तर, यो विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएकै छैन् । प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्दै नेपाली भूमाग फिर्ता ल्याउने दाबी मात्रै गरिराखेका छन् ।

उनले शनिबार संसद्लाई सम्बोधन गर्दै भनेका छन्– 'कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालकै हो, फिर्ता हुन्छ ।' तर, भारतले नेपाली भूमि मिचेर सडक बनाएको विषयमा भने उनी केहि बोलेनन् । उनले यति मात्रै भने– 'भारतले मिचेको भूमाग विस्तारै फिर्ता हुनेछ ।' 

प्रकाशित: Feb 16, 2020| 07:30 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।