बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वुहानबाट १७५ नेपालीकाे उद्दार, ६ जना विमानस्थलमै रोकिए

वुहानबाट १७५ नेपालीकाे उद्दार, ६ जना विमानस्थलमै रोकिए

१७५ जना नेपालीलाई चीनको वुहानबाट उद्धार गरेर ल्याइएको छ। नेपाल वायुसेवा निगमको जहाजले उनीहरुलाई त्यहाँबाट ‘एयरलिफ्ट’ गरेको हो।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं– १७५ जना नेपालीलाई चीनको वुहानबाट उद्धार गरेर ल्याइएको छ। नेपाल वायुसेवा निगमको जहाजले उनीहरुलाई त्यहाँबाट ‘एयरलिफ्ट’ गरेको हो।

कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका १८५ जना नेपालीले स्वदेश फर्किन पाउँ भन्दै दूतावासमा निवेदन दिएका थिए। त्यसमध्ये ६ जनालाई स्वास्थ्य समस्या देखिएपछि विमानस्थलमै रोकिएको छ भने ४ जना स्वदेश फर्किन चाहेनन्।

नेपालीहरुलाई लिएर वुहान विमानस्थलबाट उडेको नेवानिको जहाज आइतबार राति साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको सौरभ लुइँटेलले ट्विटरमा जनाएका छन्। १७० जना विद्यार्थी, दुईजना पर्यटक, दुई बालबालिका र एकजना कामदारको उद्धार भएको भिडियो पोस्ट गर्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।

चीनबाट उद्धार गरिएका सबै र नेपालबाट लिन गएको चालक दल तथा स्वास्थ्यकर्मीसहितको टोलीलाई झन्डै दुई साता खरिपाटीस्थित क्वारेन्टाइनमा राखिनेछ। त्यसपछि स्वास्थ्य परीक्षण गर्दा स्वस्थ देखिएमात्र उनीहरु आफ्नो घर जान पाउनेछन्।

प्रकाशित: Feb 16, 2020| 04:15 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।