बुधबार, भदौ ३, २०८३

शान्ति स्तुपका निर्मातालाई बुद्ध शान्ति पदक

प्रदेश ५ सरकारले स्थापना दिवसको अवसर पारेर ३५ जनालाई विभिन्न पदकबाट विभुषित गरेको छ । प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले वितरण गरेको पदक पाउने ३५ जनामध्ये जापानी नागरिक भिक्षु नामातामे पनि एक हुन् ।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

भैरहवा– प्रदेश ५ सरकारले स्थापना दिवसको अवसर पारेर ३५ जनालाई विभिन्न पदकबाट विभुषित गरेको छ । प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले वितरण गरेको पदक पाउने ३५ जनामध्ये जापानी नागरिक भिक्षु नामातामे पनि एक हुन् ।

बुद्ध शान्ति पदक प्रथमबाट विभुषित स्वर्गीय युताका नामातामे लुम्बिनिस्थित शान्ति स्तुपको निर्माणकर्ता हुन्। भिक्षु नामातामे सन् १९५२ अगष्ट ७ मा जापानको इवालागीमा जन्मेका हुन् र १९९३ मा लुम्बिनीमा शान्ति स्तुप बनाउने र लुम्बिनी बस्ने गरी आएका थिए। सन् १९९३ नोभेम्बर ३० मा शान्ति स्तुपको शिलान्यास भयो ।

शान्तिस्तुप निर्माण गर्न सक्रिय ४५ वर्षीय नावातामेको १९९७ जुलाई ३ को राति सुतिरहेको बेला लुम्बिनीमा हत्या भएको थियो । उनी मरेर गए पनि भिक्षु नामातामेले निर्माण थालेको लुम्बिनी शान्ति स्तुप सबैका लागि आर्कषक स्तुप भएको छ ।

मरणोप्रान्त बुद्धशान्ति पदकबाट विभुषित नामातामेको पदक उनका उत्तराधिकारीका रुपमा शान्ति स्तुपमा रहेका भिक्षु मा सातोलाई प्रदान गरिएको छ।

प्रकाशित: Feb 15, 2020| 22:23 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।