बुधबार, भदौ ३, २०८३

ललितपुरमा घर भाडामा लिएर जुवा, ११ जना पक्राउ

 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

ललितपुर । महानगरीय प्रहरीवृत्त सातदोबाटोले विभिन्न स्थानमा जुवातास खेलिरहेका ११ जुवाडेलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नं १४ नखीपोटमा रहेको सुरज बस्नेतकोे घरको दोस्रो तलाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । पाँचथर अमरपुर वडा नं २ घर भएका कृष्णकुमारी लिम्बूले घर भाडामा लिइ जुवातास खेलाइरहेकाे जनाइएको छ ।

पक्राउ पर्ने लिम्बुसहित प्रभुराज राई, इन्टर राई, ज्ञानेन्द्र हुमागाईं, विजय पराजुली, नवीन नेपाली र प्रेमकुमारी लिम्बू रहेका छन् । उनीहरुलाई रु. एक लाख ११ हजार नगदसहित नियन्त्रणमा लिएको सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । उनले गोदावरी नगरपालिका वडा नं १ गोदामचौर सातथलीबाट जुवाडे रुपक कार्की, नवराज कार्की, गौतम कार्की र प्रताप लामालाई पक्राउ गरिएको जानकारी दिए ।
रासस

प्रकाशित: Feb 15, 2020| 20:56 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।