काठमाडौं- सल्यानको त्रिवेणी नगरपालिकामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवतीको शव भेटिएको छ।
त्रिवेणी गाउँपालिका–१ काभ्रा की १७ वर्षीया कविता बोहराको घाँटी रेटिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र कतिवडाका अनुसार घरदेखी करिब १५–२० मिटर टाढा गाईबस्तु बाध्ने भकारोमा कविताको शव भेटिएको हो। खतिवडाका अनुसार शनिबार राति उनको हत्या भएको हो।
‘बेलुकी ९ बजेतिर कविता, उनका हजुरबा र अजुरआमा अलगअगल कोठामा सुत्न गएकोमा राति १ बजेतिर कविताको शव भेटिएको रहेछ’ खतिवडाले भने, ‘कसले किन हत्या गरेको हो भन्ने कुरा खुलेको छैन।’
धारिलो हतियारले घाँटी रेटेको प्रहरीले जनाएको छ। प्रहरीले दिउसो करिव ३ बजेतिर मात्र खबर पाएको जनाएको छ।
घट्नाको अनुसन्धानको लागि नेपालगञ्जबाट कुकुरसहितको टोली आएर पनि फर्किसकेको खतिवडाले जानकारी दिए। घट्नाबारे अनुसन्धान भैरहेको उनले जानकारी दिए।