काठमाडौं- बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–११ मा शनिबार ट्याक्टरले ठक्कर दिँदा ४ वर्षीया बालिकाको ज्यान गएको छ।
कमलामाई नगरपालिकाको भीमानबाट सिन्धुलीमाढीतर्फ जाँदै गरेको ना.३ त ३८९७ नम्बरको बालुवा लोड रहेको ट्याक्टरले ठक्कर दिँदा जयबहादुर वाइबाकी ४ वर्षीया छोरी यस्तर वाइबाको मृत्यु भएको हो।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंतर्फ ल्याउँदैगर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिए।
प्रहरीले ट्याक्टर चालक कमलामाई नगरपालिका–७ बेलगाछिका २१ वर्षीया मदन स्याङबालाई नियन्त्रणमा लिएको छ।