बुधबार, भदौ ३, २०८३

अवैध लागूऔषध सहित ३ जना पक्राउ

प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

काठमाडौं- प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।

मकवानपुर र बाँकेमा लागूऔषध ब्राउनसुगर र गाजाँसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट करिब ३३ किलो किलोग्राम गाँजासहित एक भारतीय नगरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत चम्पारणका ४० वर्षीय भगवान यादव छन्। शनिबार बिहान जेएच ०९ ए ८३६१ नम्बरको कार चेकजाँचका क्रममा अन्य ४ जना भागेको र यादव पक्राउ परेको प्रहरीले जनाएको छ।

कारको सिटमूनि टायरभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। अन्य ४ जनाको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ।

यस्तै नेवारपानीबाटै २ किलोग्राम ७ सय ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। चितवनबाट हेटौंडातर्फ जाँदै गरेको लु.२ ख ३ नम्बरको बसमा सिटमूनि झोलाभित्र राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै प्रहरीले नेपालगंज उपमहानगरपलिका–१५ बाट ब्राउनसुगर १ ग्रामसहित जुम्ला चन्दननाथ नगरपालिका–४ का ३० वर्षीय योगेन्द्र मल्ल र ३० वर्षीय हरि थापालाई शनिबार बिहान पक्राउ गरेको जनाएको छ।

प्रकाशित: Feb 15, 2020| 17:03 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।