आइतबार, चैत १, २०८२

अमेरिकी राष्ट्रपतिले झुट बोलेपछि भारतीय प्रशंसक भड्किए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा निकै ठूलो झुट बोलेका छन्, जसका कारण उनी भारतीय प्रशंसकहरुबाटै आलोचनाको सिकार बनेका छन्।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा निकै ठूलो झुट बोलेका छन्, जसका कारण उनी भारतीय प्रशंसकहरुबाटै आलोचनाको सिकार बनेका छन्।

National life

ट्रम्पले यही फेब्रुअरी महिनाको अन्तिममा भारतको भ्रमण गर्ने तयारी गरेकाले उनीबारे भारतमा निकै चासो बढेको छ। ट्रम्प र उनकी पत्नीले आफूहरु भारत भ्रमण गर्न लागेको भन्दै सामाजिक सञ्जालमा विभिन्न पोष्टहरु राख्दै आएका छन्।

भारतले पनि ट्रम्पको भ्रमणका लागि उनको सम्भावित भ्रमण क्षेत्रहरु सिंगार्ने काम गरिरहेको छ।

यहीबीचमा ट्रम्पले बोलेको झुट भने सामाजिक सञ्जाल फेसबुकमा आफ्ना फ्लोअरको संख्या हो।

ट्रम्पल आज एक ट्वीट गर्दै लेखेका छन्, ‘फेसबुकमा लोकप्रियताको मामिलामा म एक नम्बरमा छु। र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई नम्बरमा छन्।’

Laxmi sunrise bank
kumari

तर फेसबुकको वास्तविक तथ्यांकमा ट्रम्पको दाबी झुटो देखिन्छ। फेसबुक फलोअर्स र पेज लाईक्स संख्यामा हेर्ने हो भने ट्रम्प मोदी भन्दा कयौँ पछाडि रहेका छन्।

ट्रम्पले लेखका छन्, ‘हालै मैले फेसबुक संस्थापक मार्क जुकरबर्गसँग भेटेको थिएँ। उनले मलाई भनेका छन्, फेसबुकमा लोकप्रियताका हिसाबले म पहिलो नम्बरमा र भारतीय प्रधानमन्त्री मोदी दोस्रो नम्बरमा रहेका छन्। मलाई लाग्छ यो निकै ठूलो सम्मान हो। म आगामी दुई हप्तामा भारत भ्रमणमा जाँदैछु, यसलाई लिएर म निकै उत्साहित छु।’

ट्रम्पका फेसबुक फलोअरको संख्या यो समाचार तयार पार्दासम्म २ करोड ७५ लाख, ४० हजार भन्दा बढी छन्।

तर भारतीय प्रधानमन्त्री मोदीका फेसबुक फलोअर ४ करोड ४३ लाख ७९ हजार भन्दा बढी रहेका छन्। यो तथ्यांक हेर्ने हो भने ट्रम्पका फलोअर मोदीका भन्दा आधा नै कम रहेका छन्।

ट्रम्पका फलोअर फेसबुकमा कम भए पनि सक्रियता भने निकै बढी रहेको छ।

पछिल्लो एक हप्तामा मोदीले आफ्नो फेसबुकमा एक पोष्ट पनि गरेका छैनन्। तर ट्रम्पले एक हप्ताभित्र १ सय २५ वटा पोष्ट गरेका छन्।

यसरी फलोअरका हिसाबले निकै कम हुँदा पनि ट्रम्पले यस्तो दाबी गरेपछि भारतीय प्रयोगकर्ताले यसको चर्को विरोध गरेका छन्।

ट्रम्पले गरेको पोष्टमा अधिकतर भारतीयले उनले झुट बोलेको प्रतिक्रिया जनाएका छन्।

प्रकाशित: Feb 15, 2020| 15:48 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।