बुधबार, भदौ ३, २०८३

वुहानमा रहेका नेपाली उद्धार गर्न उड्यो वाइड बडी

कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा रहेका नेपाली विद्यार्थी ल्याउन नेपाल वायु सेवा निगमको वाइड बडी जहाज त्यसतर्फ उडेको छ।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

काठमाडौं- कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहान सहरमा रहेका नेपाली विद्यार्थी ल्याउन नेपाल वायु सेवा निगमको वाइड बडी जहाज त्यसतर्फ उडेको छ।

शनिबार दिउँसो पौने तीन बजे जहाज वुहानका लागि प्रस्थान गरेको हो।

वुहानमा रहेका १ सय ८५ जना नेपाली लिएर जहाज आजै राति साढे २ बजे काठमाडौं आइपुग्ने नेपाल वायु सेवा निगमले जनाएको छ।

त्यहाँबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणका भवनमा बनाइएको क्वारेन्टाइनमा राखिनेछ।

उनीहरुलाई दुई हप्तासम्म क्वारेन्टाइनमा राखिनेछ। ल्याएको २४ घण्टाभित्र एक पटक र त्यसको १४ औं दिनमा फेरि अर्कोपटक कोरोना परीक्षण गरिने छ।

ती परीक्षणबाट कोरोना नदेखिए मात्र उनीहरु क्वारेन्टाइनबाट निस्किन पाउनेछन्।

प्रकाशित: Feb 15, 2020| 14:47 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।