काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जारी अन्तिम खेलमा मछिन्द्र क्लबले अग्रता बनाएको छ। पहिलो हाफको खेल सकिँदा एक गोल उपहारस्वरुप पाउँदा उसले अग्रता बनाएको हो।
विभागीय टोलि त्रिभुवन आर्मी क्लबसँग उपाधि भिडन्तमा रहेको मछिन्द्रले सुरुवाती अग्रता बनाएको हो।
खेलको ३४ औँ मिनेटमा रन्जित धिमालले प्रहार गरेको बल आर्मी क्लबका विकास तामाङ्गले डाइभर्ट गर्न नसक्दा आर्मीकै पोस्टमा छिरेको थियो।
फ्री किकको बल विकासलाई छोएर गोल भएपछि सो गोल आत्मघाती सावित भएको हो।
खेलको पहिलो हाफ सकिँदा मछिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबलाई १ गोलले पछि पारेको छ।