मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भारतीय महिला फुटबल टिम नआउने भएपछि नेपालले बंगलादेशसँग दुई खेल खेल्ने

भारतीय महिला फुटबल टिम नआउने भएपछि नेपालले बंगलादेशसँग दुई खेल खेल्ने

नेपाली राष्ट्रिय महिला टिमले यही भदौ २४ र २७ गते दशरथ रंथशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय महिला टिमले यही भदौ २४ र २७ गते दशरथ रंथशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

फिफा महिला टिममा विश्व वरियताको १०१ औं स्थानमा रहेको नेपालले १३७ औं स्थानमा रहेको बंगलादेशी महिला फुटबल टिमसँग दुई मैत्रीपूर्ण खेल्न लागेको हो।

१९९९ पछि पहिलो पटक एसिया कप छनोट खेल्न पाएको नेपाली महिला टिमले त्यो छनोट खेललाई ठूलो अवसरको रुपमा लिएको छ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पनि एसिया कप छनोट नेपालका लागि महत्वपूर्ण प्रतियोगिता भएको जनाएका छन्। एसिया कपको छनोट खेल नेपालले न्युट्रल भेन्यू उज्वेकिस्तानमा हङकङ र फिलिपिन्ससँग खेल्दैछ।

फिफा वरियतामा फिलिपिन्स ६८ औं स्थानमा छ भने हङकङ ७६ औं स्थानमा छ। ती महत्वपूर्ण खेलको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल्न लागेको हो। अहिले नेपाली टिम सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास गरिरहेको छ।

मैत्रीपूर्ण खेलका लागि नेपालले बंगलादेशसँगै भारतलाई पनि आग्रह गरेको थियो। तर भारतीय महिला टिम नेपाल नआउने भएपछि नेपालले बंगलादेशसँग मात्र दुई खेल खेल्ने भएको हो।

‘यदी इन्डिया आयो भने हामीले गएको चैतमा पुरुषको थ्री नेसन्स कप गराएजस्तै महिला को पनि तीन देशिय कप गराउनेछौं,’ सी डिभिजन लिग उद्घाटन गर्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भनेका थिए।

प्रकाशित: Sep 06, 2021| 17:03 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।