बिहीबार, वैशाख ३१, २०८३

भिख मागेर मन्दिरलाई ७ लाख दान

आन्ध्र प्रदेशको बिजयवाडामा भिक्षा मागेर हिँड्ने एक व्यक्तिले मन्दिरका लागि ७ लाख रुपैयाँ दान गरेका छन्।
 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

भारत- आन्ध्र प्रदेशको बिजयवाडामा भिक्षा मागेर हिँड्ने एक व्यक्तिले मन्दिरका लागि ७ लाख रुपैयाँ दान गरेका छन्।

National life

७३ वर्षीय ती वृद्धले पछिल्लो ७ वर्षको अवधिमा यो रकम दान दिएका हुन्। उनले एक गौशाला पनि निर्माण गर्न सहयोग गर्ने बताएको मन्दिर प्रशासनले जनाएको छ।

ति व्यक्ति भन्छ्न्, ‘मन्दिरमा दान दिन थालेदेखि मेरो आम्दानी पनि बढ्दै गएको छ।’मन्दिर प्रशासनले उनको दानशीलताको खुलेर प्रसंशा गरेको छ। यादी रेड्डी नाम गरेका ति व्यक्ति मन्दिर बाहिर बसेर भिक्षा माग्ने काम गर्छन्।

यसअघि उनले आफ्नो जीवन निर्वाहका लागि ४० वर्ष रिक्सा चलाएका थिए। तर घुँडाको समस्या भएपछि उनी मन्दिरबाहिर भिख माग्न थालेका हुन्। पहिलो पटक उनले एक लाख रुपैयाँ साइबाबा मन्दिरलाई दान दिएको बताउँछन्।

रेड्डीले आफूले मन्दिरमा दान दिन थालेपछि मान्छेहरुले चिन्न थालेको र आफूलाई भिक्षा दिनेहरु पनि बढेको बताए। ‘मैले अहिलेसम्म ८ लाख रुपैयाँ मन्दिरमा दान दिइसकेँ, उनी भन्छन्,‘मेरो सबै कमाई म मन्दिरमा चढाउँछु।’

प्रकाशित: Feb 14, 2020| 19:38 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।