बुधबार, भदौ ३, २०८३

सिद्धार्थ बैंकको सिद्धार्थ सपरच्युनीटि योजना

 |  शुक्रबार, फागुन २, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०७६

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै ‘ सिद्धार्थ सपरच्युनीटि’ विशेष छुट योजना ल्याएको छ । यो छुट योजना यहि फागुन १, २०७६ देखि सीमित अवधिका लागि मात्र ल्याइएको हो ।

यस योजनामा ग्राहकहरुले दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५५ सम्म (अधिकतम रू ५००) छुट, पहिलो दुई पटक रु १,००० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा रु ५०० (क्यास ब्याक र पहिलो दुई पटक रु १,००० वा सो भन्दा बढि रकमको पीओएस मेसिन मार्फत् कारोबार गर्दा रु ३८२ क्यास ब्याक पाउने कम्पनीले जनाएको छ ।

यस्ता छुट र क्यास ब्याक अफर योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र अनलाइन कारोकारलाई अझै प्रेरित गर्नेे विश्वास बैंकले लिएको छ ।

प्रकाशित: Feb 14, 2020| 10:23 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्