बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महिमाका भाइ भन्छन्– दुबई जान दिएको भए दिदीहरुको दुर्घटना हुने थिएन

महिमाका भाइ भन्छन्– दुबई जान दिएको भए दिदीहरुको दुर्घटना हुने थिएन

नायिका महिमा सिलवाल एक कार्यक्रममा भाग लिन गत मंगलबार दुबई जाँदै थिइन् तर, विमानस्थलबाटै फर्किनुपर्‍यो।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं- नायिका महिमा सिलवाल एक कार्यक्रममा भाग लिन गत मंगलबार दुबई जाँदै थिइन् तर, विमानस्थलबाटै फर्किनुपर्‍यो।

कारण थियो, अध्यागमन कार्यालयले उनलाई कामका लागि जान लागेको हुनसक्ने भन्दै श्रम स्वीकृति बिना जान दिएन।

भाइ सञ्जयका अनुसार उनी दुई दिनमै नेपाल फर्किएर शुक्रबार बहिनीको इन्गेजमेन्टमा सहभागी हुन चितवन पुग्ने कार्यक्रम थियो। तर, बुधबार बेलुका सवारी दुर्घटनामा परेर महिमा र उनकी बहिनी शर्मिलाले सदाका लागि संसार छोडेका छन्।

“दिदीहरु घर आउने बाटो कुरेका थियौँ तर, उहाँहरु कहिल्यै नआउने गरी जानुभयो,” सञ्जयले भक्कानिँदै फोनमा भने।

महिमा दुबई जान नपाएपछि उनी र बहिनी शर्मिला कान्छी बहिनी सविताको इन्गेजमेन्टमा सहभागी हुन बुधबार नै स्कुटरबाट भरतपुर महानगरपालिका–१२ स्थित घर जाँदै थिए।

धादिङको गजुरी गाउँपालिका–२ चाम्बासमा महिमाले चलाएको स्कुटर विपरीत दिशाबाट आएको बससँग ठोक्किँदा दिदी–बहिनीले संसार छोडे।

सञ्जयका अनुसार बुधबार बिहानमात्रै उनको दिदीहरुसँग कुरा हुँदा दुवैजनाले त्यस दिन घर नआउने बताएका थिए। तर, दिउँसो फेरि फोन गरेर स्कुटरमा आउँदैछौँ भन्ने खबर गरे।

“जेठी दिदी दुबई जान पाएको भए वा बिहान भनेजस्तै काठमाडौँबाट नहिँडेको भए यस्तो घटना हुन्थेन होला,” सञ्जयले भने।

महिमाले गजुरी पुगेपछि बुवा लिलाबहादुरलाई फोन गरेर आफूहरु घर आउँदै गरेको खबर दिएकी थिइन्। तर, त्यसको करिब पाँच मिनेटमै दुर्घटना भयो।

बुवासँग भएको त्यही कुराकानी नै घरपरिवारसँग भएको महिमाको अन्तिम बोली बन्यो।

२०५९ सालमै आमा गुमाएपछि घरकी जेठी छोरी महिमाले तीन भाइबहिनीको रेखदेख गर्दै आएकी थिइन्। उनका अर्का भाइ अष्ट्रेलियामा भएको हुँदा महिमाले कान्छी बहिनीको बिहेपछि आफू अधिकांश समय गाउँमै बस्ने आश्वासन भाइ सञ्जयलाई दिएकी थिइन्।

“सानैमा आमा गुमाउँदा टुहुरो भएको थिएँ तर, माया गर्ने दिदीहरु हुनुहुन्थ्यो,” सञ्जयले भने, “अहिले त एकैपटक दुवै दिदी गुमाउनु पर्‍यो।”
बुधबार साँझ पौने ६ बजेतिर महिमाले चलाएको बा ९८प ७०५८ नम्बरको स्कुटरलाई भैरहवाबाट काठमाडौं आइरहेको लु२ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो।

गम्भीर घाइते महिमाको गजुरी स्वास्थ्य केन्द्रमा र शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो।

प्रहरीका अनुसार स्कुटर र बस घुम्तीमा एकआपसमा ठोक्किएका थिए। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
‘कारबाही’ फिल्मबाट नेपाली रजतपटमा डेब्यू गरेकी महिमाले म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छन्।

 

प्रकाशित: Feb 13, 2020| 18:43 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।