सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • 'ओपन युग'मा यूएस ओपनको क्वार्टरफाइनल पुग्ने सबैभन्दा कान्छा खेलाडी अल्कारास

'ओपन युग'मा यूएस ओपनको क्वार्टरफाइनल पुग्ने सबैभन्दा कान्छा खेलाडी अल्कारास

स्पेनिस किशोर खेलाडी कार्लोल अल्कारासले यूएस ओपनमा सानदार प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन्। पहिलो सेटमा हार बोहोरेर १–२ को सेटले पछि परेको अवस्थाबाट अल्कारासले पुनरागमन जित निकालेका हुन्।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं– स्पेनिस किशोर खेलाडी कार्लोल अल्कारासले यूएस ओपनमा सानदार प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन्। पहिलो सेटमा हार बोहोरेर १–२ को सेटले पछि परेको अवस्थाबाट अल्कारासले पुनरागमन जित निकालेका हुन्।

National life

अल्कारास जर्मन पिटर गोयोचिकलाई ३–२ को सेटमा पराजित गर्दै यूएस ओपनको क्वार्टरफाइनलमा पुगेका हुन्। १८ वर्षे किशोरले गोयोचिकविरुद्ध ५–७, ६–१, ५–७, ६–२ र ६–० को जित संघर्षपूर्ण जित निकाले।

यससँगै उनी यूएस ओपको क्वार्टरफाइनलमा पुग्ने ‘ओपन युग’को अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाडी बने। अब उनले क्यानडाका फेलिक्स आउगरको सामना गर्नेछन्। यता १२ औं वरियताका फेलिक्सले पछिल्लो खेलमा अमेरिकाका फ्रान्सेसमाथि ३–१ को जित निकालेका थिए।

‘मेरो पहिलो पटकको दुई हप्ते ग्राण्डस्लम प्रतियोगिताको दौरान निकै खुसी छु। यो मेरो लागि निकै अचम्मको कुरा हो र मेरो सपना साकार भएको समय हो,’ अल्कारासले भने।

उनले थपे, ‘म पाँचौं चरण खेल्नका लागि निकै उत्साहित छु। क्वार्टरफाइनल खेल्नका लागि ग्राण्डस्लममा अझै धेरै हप्तासम्म खेल्न चाहन्छु। मैले क्वार्टरफाइनल खेल्छु होला भन्ने सोचेको थिइनँ। लाग्छ मैले निकै राम्रो प्रदर्शन गरेँ।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 06, 2021| 16:31 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।