आइतबार, चैत ८, २०८२

काठमाडौंमा असोज एक गतेदेखि स्कुल खोल्न अनुमति

आगामी असोज १ गतेदेखि सामुदायिक तथा निजी दुवैखाले स्कुल खोल्न प्रशासनले अनुमति दिएको छ। सोमबार उपत्यकाका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीचको छलफलपछि स्कुल खोल्न दिने सहमति भएको हो।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं– आगामी असोज १ गतेदेखि सामुदायिक तथा निजी दुवैखाले स्कुल खोल्न प्रशासनले अनुमति दिएको छ। सोमबार उपत्यकाका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीचको छलफलपछि स्कुल खोल्न दिने सहमति भएको हो। 

National life

स्थानीय तहको शिक्षा शाखाले कोभिड संक्रमणको अवस्था हेरेर स्कुल खोल्न दिने सहमति भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर अब स्कुल खोल्न सकिनेछ। 

स्थानीय तहको अनुमतिमा स्वास्थ्य मापदण्ड अपनाएर स्कुल खोल्न दिने निर्णय यसअघि नै प्रशासनले गरिसकेको थियो। 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले करिब दुई साताअघि शिक्षा सचिवलाई भेटेर भौतिक रुपमै विद्यालय खोल्ने व्यवस्था गरिदिन आग्रह गरेको थियो।

प्रकाशित: Sep 06, 2021| 16:22 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्