बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या ह्वात्तै बढ्यो, बुधबारमात्रै २४० को मृत्यु

कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या ह्वात्तै बढ्यो, बुधबारमात्रै २४० को मृत्यु

चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ ।
 |  बिहीबार, फागुन १, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०७६

काठमाडौं- चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ ।

National life

बुधबार एकै दिनमा २ सय ४२ जनाको मृत्यु भएको छ । चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन २ सय ४२ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य संगठनले दाबी गरेको छ ।

कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको ज्यान गएको यो पहिलो घटना हो ।

यसअघि कोरोनाबाट मंगबार ९७ जनाको मृत्यु भएको थियो भने सोमबार १०८ र आइतबार ९७ जनाको मृत्यु भएको थियो । जनवरी २३ बाट लागातार हरेक दिन कोरोनाका कारण मानिसले ज्यान गुमाइराखेका छन् । अहिलेसम्म एक हजार तीन सय ६८ जनाको मृत्यु भइसकेको छ।

यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ह्वात्तै बढेको छ । बुधबार मात्रै १४ हजार आठ सय ४० जनामा यसको सङ्क्रमण भेटिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म कोरोना सङ्क्रमणको झण्डै ६० हजार घटना दर्ता भएका छन् ।

अहिले पनि ३३ हजार ६९३ जना अस्पतालमा उपचाररत छन् । ३ हजार ४४१ जनालाई भने ठीक भएको छ । हुबेई प्रान्तले पूरै चीनमा भएको सङ्क्रमणको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

उता बेलायतले पनि आफ्नो देशमा कोरोना भाइरसका बिरामी पुष्टि भएको बुधबार नै जनाएको छ ।

प्रकाशित: Feb 13, 2020| 08:40 बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।