आइतबार, चैत १, २०८२

कोरोना भाइरसको के छ अवस्था विश्वभर ?

चीनबाट शुरु भएर विश्वव्यापी भएको कोरोना भाइरसका कारण अहिलेसम्म ११ सय १३ जनाको मृत्यु भएको छ ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

चीनबाट शुरु भएर विश्वव्यापी भएको कोरोना भाइरसका कारण अहिलेसम्म ११ सय १३ जनाको मृत्यु भएको छ ।

National life

विश्व स्वास्थ्य सङ्गठनले कोभिड—१९ नाम दिएको यस भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

भाइरसको सङ्क्रमण विभिन्न देशमा फैलिन थालेपछि आर्थिक क्रियाकलापमा समेत असर पर्न थालेका छ भने आम नागरिक त्रसित अवस्थामा रहेका छन् ।

कोरोना भाइरसका कारण चीनमा मात्रै थप ९७ जनाको मृत्यु भएकाले मृत्यु हुनेको सङ्ख्या बढेर ११ सय १३ पुगेको हो । सङ्क्रमित हुनेको सङ्ख्या भने चीनमा मात्रै ४४ हजार ६ सय पुगेको छ ।

“मलाई लाग्छ फेब्रुअरीको मध्यदेखि अन्त्यसम्ममा यसको जोखिम उच्चस्तरमा पुगेको हुन्छ,” चीनको राष्ट्रिय स्वास्थ्य आयोगका चर्चित वैज्ञानिक झोङ नान्शानले भने।

Laxmi sunrise bank
kumari

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले जेनेभामा भाइरसका बारेमा विषेश सम्मेलनको आयोजना गरेको छ भने सम्मेलनमा बोल्ने मुख्य वक्ता टेड्रोस अधनोम घेब्रेयेसुसले भाइरसविरुद्ध लड्ने मौकाको रूपमा लिनुपर्ने बताए ।“हामीले अहिले नै त्यसका लागि लगानी गर्यौँ भने हामीले यो नियन्त्रण गर्ने मौका पाउने छौँ,” उनले भने।

त्यही सम्मेलनमा यो भाइरसको नाम कोभिड—१९ राखिएको घोषणा गरिएको थियो । को भन्नले कोरोना, भीआई भन्नाले भाइरस र डी भन्नाले डिजिज (रोग) भन्ने बुझाउनेृ र सन् २०१९ मा देखिन शुरु भएकोले कोभिडको पछाडी १९ देखिएको उनीहरूले बताएका छन् ।

यो भाइरसको सङ्क्रमण सन् २०१९ को डिसेम्मबरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो ।

यो कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् । चीनलाई मङ्गलबार मात्र ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसङ्घ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने जनाएका हुन् ।

त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गरेका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि चीनलाई यो सङ्क्रमणविरुद्धको लडाईँमा आवश्यक सहयोग गर्ने बताए ।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सोउसाले पनि चीनलाई सान्त्वना दिर्दै यो समस्याबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास व्यक्त गरे।

ग्रीक राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलसले यस भाइरसबाट ज्यान गुमाउने चिनियाँ नागरिकप्रति दुःख व्यक्त गरे।

टर्कीका राष्ट्रपति रिसेप तयप एर्डोगानले चीनका राष्ट्रपति सि चिनफिङको कुशल नेतृत्वबाट यो भाइरस निवारणको काम चीनले छिट्टै गर्ने धारणा राखे ।

यसैगरी अल्जेरिया, इथियोपिया तथा अइरिस प्रधानमन्त्रीले पनि चीनलाई सान्त्वता दिँदै यस सङ्क्रमणको नियन्त्रण एवं निवारणका लागि आफ्नो तर्फबाट सबै प्रकारका सहयोग गर्ने आश्वासन दिएका छन्।
रासस

प्रकाशित: Feb 12, 2020| 22:23 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।