सोमबार, माघ ५, २०८२

अफगानी अलराउन्डर ओमरजाईले ईपीएल खेल्ने

अफगानी अलराउन्डर अजमुतल्लाह ओमरजाईले आगामी असोज ९ बाट सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं– अफगानी अलराउन्डर अजमुतल्लाह ओमरजाईले आगामी असोज ९ बाट सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्।

National life

ईपीएलको फ्रेन्चाइज क्लब एवम् साविक विजेता ललितपुर प्याट्रिओट्सले ओमरजाईलाई क्लबमा भित्र्याएको जानकारी दिएपछि उनले ईपीएल खेल्ने पक्का भएको हो। ‘कुशल अफगानी अलराउन्डर अजमुतल्लाह ओभरजाईले ईपीएलको लागि ललितपुरको स्क्वाड जोइन गरेका छन्,’ ललितपुर प्याट्रिओट्सले भनेको छ, ‘उनी खेलमा तेजस्वी छन् भने हार्ड डिटिङका लागि चिनिन्छन्।’

२१ वर्षे युवा क्रिकेटरले २०२१ को जनवरीमा आयरल्यान्डविरुद्ध खेल्दै एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। त्यसअघि उनले अफगानिस्तानको उमेर समूहबाट पनि अन्तर्राष्ट्रिय खेलिसकेका छन्।

२०१७ को डिसेम्बरमा उनी पहिलो पटक यू १९ विश्वकप २०१८ को स्क्वाडमा परेका थिए। सोही वर्ष उनी यू २३ को एसीसी इमर्जिङमा एसिया कपको पनि स्क्वाडमा परे। २०१८ मा आयोजना भएको पहिलो संस्करणको अफगानिस्तान प्रिमियर लिगमा पनि पाकिताको टिममा परेका थिए।

ललितपुरले यसअघि भुटानका दायाँ हाते ब्याट्स्मेन मिक्यो दोर्जीलाई पनि क्लबमा अनुबन्ध गरिसकेको छ। त्यस्तै, उसले इंग्लिस ब्याट्स्मेन एलेक्स जे ब्लेकलाई पनि अनुबन्ध गरिसकेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 06, 2021| 15:56 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।