आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दिल्ली चुनावको नतिजामा पाकिस्तानी मिडियाले दिए यस्तो प्रतिक्रिया

दिल्ली चुनावको नतिजामा पाकिस्तानी मिडियाले दिए यस्तो प्रतिक्रिया

विधानसभा चुनावमा आम आदमी पार्टीद्वारा केन्द्र सत्तारुढ बीजेपी लज्जास्पद ढंगले पराजित भए लगत्तै पाकिस्तानी सञ्चार माध्यममासमेत यसको चर्चा भएको छ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

नयाँ दिल्ली - विधानसभा चुनावमा आम आदमी पार्टीद्वारा केन्द्र सत्तारुढ बीजेपी लज्जास्पद ढंगले पराजित भए लगत्तै पाकिस्तानी सञ्चार माध्यममासमेत यसको चर्चा भएको छ। पाकिस्तानका लगभग सबै अखबारहरुले दिल्लीमा आम आदमी पार्टीको शानदार जीत तथा बीजेपीको लज्जास्पद हारलाई प्रमुख स्थान दिएका छन ।

अखबार एक्सप्रेसले यो विषयलाई ब्यानरन्यूज बनाउँदै, "विवादित नागरिक संशोधन कानूनले मोदीलाई डूबायो, दिल्ली विधानसभा चुनावमा कठिन चुनौती", भन्ने शीर्षक राखेको छ।

National life

उक्त अखबार अगाडि लेखेको छ, "दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले मोदीको भारतीय जनता पार्टीलाई तेस्रो पटक पनि गतीलो झापड दिएर मजा चखाइदिएको छ। सत्तारूढ बीजेपीले भएभरका सरकारी संयन्त्रको प्रयोग गर्दा पनि जम्मा आठ सीट जीत निकाल्न सक्यो भने आम आदमी पार्टीले ६२ स्थानमा विजय हासिल गरेको छ। मोदी सरकारको घमण्ड चकनाचुर पारीदिएको छ।"

पाकिस्तानी लोकप्रिय जियो न्यूजको हेडलाईन यस्तो छ, "दिल्ली चुनावमा आम आदमी पार्टीले मोदीको बीजेपीलाई पत्ता साफ गरिदियो।"

जियोका अनुसार दिल्लीको चुनाव प्रधानमन्त्री मोदीका निम्ती ठूलो चुनौती थियो। गत डिसेम्बरमा भएको नागरिकता संशोधन विधेयकलाई भारतको धर्मनिरपेक्ष संविधान र अल्पसंख्यक मुसलमानहरुको हित विपरित ठानिएको छ। बीजेपीले चुनाव प्रचारका दौरान नागरिकता कानूनको विरोधमा उत्रिएका आमजनतालाई पाकिस्तानको समर्थक घोषणा गर्दै आएको छ। बीजेपीको आफ्नो सिट यसअघिको विधानसभा चुनावको तुलनामा तीनबाट बढेर आठ त पुग्यो तर बीजेपी नेतृत्वले अपेक्षा गरेभन्दा अत्यन्तै न्यून परीणाम हो यो।"

अर्को मुख्य अखबार डेली पाकिस्तानले बनाएको शिर्षकमा भनिएको छ, "दिल्ली चुनाव : आम आदमी पार्टीले मोदी सरकारलाई धुलो चटाइदियो।"

Laxmi sunrise bank
kumari

डेली पाकिस्तान अगाडि लेख्छ,"दिल्लीमा चुनावी पासा पल्टाउन केन्द्रीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत कैयौं वरिष्ठ नेताहरु दिल्लीमा डेरै बनाएर बस्दै भएसम्मको सरकारी सुविधाको जमेर प्रयोग गरी एउटा जम्बो टोली तैनाथ थियो।"

प्रकाशित: Feb 12, 2020| 20:57 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।