आइतबार, चैत १, २०८२

हिंसात्मक कारबाही रोक्न तालिबान लचिलो

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओबीच अमेरिका र तालिबान समूहबीच जारी वार्ताको विषयमा टेलिफोन वार्ता भएको छ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काबुल - अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी र संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओबीच अमेरिका र तालिबान समूहबीच जारी वार्ताको विषयमा टेलिफोन वार्ता भएको छ।

National life

मंगलबार साँझ भएको यस वार्तामा पोम्पेओले घानीलाई अफगानिस्तानका विद्रोही समूह तालिबानसँग जारी रहेको यस शान्ति वार्तामा उल्लेखनीय प्रगति भएको जानकारी दिएका छन्।

हिंसामा उल्लेखनीय र स्थायी कमी ल्याउने सम्बन्धमा तालिबानीले प्रस्ताव गरेको विदेशमन्त्री पोम्पेओले जानकारी गराएका घानीले आफ्नो ट्वीटमा लेखेका छन्। ‘यो स्वागतयोग्य हो र मलाई खुसी लागेको छ। हाम्रो प्रमुख उद्देश्य मूर्खतापूर्ण रक्तपात अन्त्य गर्नु हो’ घानीले भनेका छन्।

अमेरिकी र तालिबानी प्रतिनिधिहरुको सहभागितामा यस महिनाको सुरुदेखि वार्ताको लागि दुईवटा बैठक आयोजना भएको छ।

आइतबार अफगानिस्तानका लागि अमेरिकाका विशेष शान्तिदूत जाल्मे खलिलजादले तालिबानका सहसंस्थापक मुल्लाह बारादार र अन्य कैयौं तालिबानी नेताहरूसँग भेटेका थिए।

Laxmi sunrise bank
kumari

समग्र शान्ति प्रक्रियालाई सकारात्मक रुपमा समर्थन गर्न अफगानिस्तानले आगामी चरणका वार्ताहरुको व्यवस्थापन गर्ने पनि घानीले बताएका छन्।

यसैबीच, एएफपीका अनुसार अमेरिकी अखबार दी न्यूयोर्क टाइम्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तालिबानलाई एक साताको समय दिन मन्जुर भएका छन्। एक साता अफगानिस्तानमा हिंसात्मक घटना रोकिए थप विचार विमर्श गर्न आफूहरु तयार रहेको राष्ट्रपति ट्रम्पले वार्तामा सहभागी दुबै पक्षलाई जानकारी दिएका छन्।

अमेरिकी प्रस्तावको तालिबान समूहले स्वीकार गरेको पाकिस्तानमा रहेका तालिबान समूहका नेताहरुले बताएका छन्।

गत फेब्रुअरी ४ मा राष्ट्रपतिको “स्टेट अफ दी युनियन” सम्बोधनमा पनि ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनालाई स्वदेश फर्काउने प्रतिबद्धता व्यक्त गरेका थिए। अफगानिस्तानमा हाल १४ हजारभन्दा बढी अमेरिकी सेना तैनाथ छन्।

प्रकाशित: Feb 12, 2020| 18:51 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।