आइतबार, चैत १, २०८२

चुनाव हारेपछि दिल्लीका भाजपा अध्यक्षको राजीनामा

भारतको दिल्ली प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि भारतीय जनता पार्टी भाजपाका प्रदेश अध्यक्ष मनोज तिवारीले राजीनामाको घोषणा गरेका छन्।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

एजेन्सी- भारतको दिल्ली प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि भारतीय जनता पार्टी भाजपाका प्रदेश अध्यक्ष मनोज तिवारीले राजीनामाको घोषणा गरेका छन्।

National life

तर भाजपाले भने राजीनामा फिर्ता लिन आग्रह गरेको छ।

तिवारीले दिल्लीमा ४८ सिटमा जित हात पार्ने दाबी गरेका थिए। तर ७० सिट भएको प्रदेशमा भाजपाले ८ सिटमा मात्रै जित हात पारेको छ। बाँकी ६२ सिटमा भने त्यहाँको सत्तारुढ दल आम आदमी पार्टीले जित निकालेको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भाजपाले चुनावमा नराम्रो पराजय व्यहोरेपछि तिवारीले त्यसको जिम्मेवारी आफूले लिने बताएका थिए।

दिल्ली विधानसभा चुनाव प्रचारसप्रसारका क्रममा सामाजिक सञ्जालमा सबैभन्दा धेरै चर्चा विजेपी अध्यक्ष तिवारीकै रहेको थियो।

Laxmi sunrise bank
kumari

मतगणनाको अन्तिम समयसम्म पनि ठूलै जितको आशा राखेका तिवारी नतिजा खराब निस्किएपछि निराश बनेका थिए।

उनले ८ फेब्रुअरीमा मतदानपछि भएका एक्जिट पोलहरु आम आदमी पार्टीको पक्षमा देखिएपछि तिवारीले ट्वीटरमा प्रतिक्रिया दिँदै आफूहरुले कम्तीमा ४८ सिटत जित हात पार्ने बताएका थिए।

उनले लेखेका थिए, ‘यी सबै एक्जिट पोलहरु फेल हुनेछन्, मेरो यो ट्वीट सम्हालेर राख्नुहोला, भाजपाले दिल्लीमा ४८ सिट जित्नेछ। कृपया एबीएमलाई दोष दिन अहिलेदेखि नै बाहाना नखोज्नुहोस्।’

प्रकाशित: Feb 12, 2020| 15:59 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।