मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाज
  • संखुवासभा हत्या प्रकरण : कार्की परिवारको न कसैसँग रिसइबी थियो न विवाद

संखुवासभा हत्या प्रकरण : कार्की परिवारको न कसैसँग रिसइबी थियो न विवाद

मादी–१ वडाध्यक्ष खेमनाथ कटुवाल पनि कार्की परिवारको कसैसँग विवाद रहेको भन्ने कुनै जानकारी नभएको बताउँछन्। उनी भन्छन्, ‘कार्की परिवारको कोहीकसैसँग विवाद थियो भन्ने सुनेका थिएनौं।’
 |  सोमबार, भदौ २१, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, भदौ २१, २०७८

विराटनगर–  संखुवासभाको मादी–१ खोलागाउँमा तेजबहादुर कार्कीको परिवारका सातै जनाले आइतबार सँगै खाना खाए। उनका पिता ९३ वर्षीय बौद्धमान कार्की भने छ बजे नै आफ्नो कोठातर्फ लागेका थिए। साेमबार बिहान मात्रै गाउँलेले परिवराका ६ सदस्यको शव घर आसपासमा देखे। 

National life

स्थानीयका अनुसार राति नै अज्ञात समूह आएर सुत्ने तरखरमा रहेका सबैलाई घरबाट निकालेर धारिलो हतियार प्रहार गरेको हुन सक्छ। परिवारका सबै सदस्यको हत्या भएपछि बयोवृद्ध बौद्धमान ठूलो त्रासदीमा छन् यति बेला। आँखा राम्ररी नदेख्ने र कान पनि असाध्यै कम सुन्ने उनी मात्र बचेका छन्। बेलुका सकुशल सुतेका कार्की परिवारको न कसैसँग रिसइबी थियो न विवाद। कार्कीको घरबाट करिब पाँच सय मिटर पर मात्रै अरु घर छन्। ‘छिमेकीको घर नजिकै हुँदो हो त यस्तो विभत्स हत्या हुन पाउँदैनथ्यो होला’, स्थानीय कृष्ण पाठक भन्छन्। 

मादी–१ वडाध्यक्ष खेमनाथ कटुवाल पनि कार्की परिवारको कसैसँग विवाद रहेको भन्ने कुनै जानकारी नभएको बताउँछन्। उनी भन्छन्, ‘कार्की परिवारको कोहीकसैसँग विवाद थियो भन्ने सुनेका थिएनौं।’ 

वृद्धले परिवारका सबै सदस्य सँगै बसेर खाना खाएको र त्यसपछि कोठामा गएको बताएकाले रातिको समूहमा घटना भएको अनुमान स्थानीयको छ।  ‘उहाँले हामीलाई आफूले खाना खाएर ६ बजे कोठामा गएको बताउनुभएको छ। कान कम सुन्ने र आँखा पनि राम्रोसँग देख्न नसक्ने कार्की ६ बजे नै खाना खाएर आफ्नो कोठामा गएर बच्न सफल भएको देखियो’, स्थानीय कृष्ण  पाठकले भने। 

घटना थाहा पाएलगत्तै बिहान ९ बजे घटनास्थल पुगेका कटुवालले भने, ‘घटनास्थलमा आइपुग्दा विभत्स तवरबाट हत्या गरिएको अवस्थामा शव देखियो।’ उनका अनुसार तेजबहादुरको शव बाटोमा फालिएको थियो। दुई बच्चाको शव खरबारीमा तथा बुहारी र श्रीमतीको सानो पानी बग्ने खोलामा थियो भने आमाको शव घरभित्रै थियो। घटनाको प्रकृति हेर्दा राति सुतेको बेलामा हत्या गरेको जस्तो नदेखिएको वडाध्यक्ष कटुवालले बताए।

Laxmi sunrise bank
kumari


मादी नगरपालिका- १ का वडाध्यक्ष खेमनाथ कटुवाल।

उनका अनुसार हत्या गरिएका सबैले जुत्ताचप्पल लगाएका छन्। उनले भने, ‘तेजबहादुरको शव गम्बुट जुत्ता लगाएको अवस्थामा छ, नानीहरुले पनि चप्पल लगाएका छन्।’ राति सुत्नुअघि हत्या भएको हुन सक्ने उनले बताए। मृतकका शरीरमा चोटपटक प्रस्ट देखिएको छ। उनले भने, ‘हतियार प्रयोग गरी हत्या गरेको देखिन्छ।’ 

घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर युवराज खतिवडा नेतृत्वको टोली र नगर प्रमुख विदुरकुमार लिंथेप लगायतको टोली आएपछि प्रारम्भिक अनुसन्धान सुरु गरेको वडाध्यक्ष कटुवालले बताए। छिमेकीको घर कार्कीबाट टाढाटाढा रहेकाले सबैलाई बोलाएर जानकारी लिने काम सुरु भएको उनको भनाइ छ। 

घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली झिकाइएको  इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए। 

धारिलो हतियार प्रहारबाट ५८ वर्षीय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको शव सोमबार बिहान स्थानीयबासीले शव देखेका थिए। 

प्रकाशित: Sep 06, 2021| 15:56 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।