आइतबार, चैत १, २०८२

कोरोना भाइरसको आधिकारिक नाम ‘कोभिड–१९’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको आधिकारिक नाम ‘कोभिड–१९’ राखेको छ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको आधिकारिक नाम ‘कोभिड–१९’ राखेको छ।

National life

डब्लूएचओका प्रमुख टेडोर्स एडहानोमले यसको जानकारी दिएका हुन्। उनका अनुसार नयाँ नाम ‘कोरोना’, ‘भाइरस’, ‘डिजिज’ र संक्रमित फेला परेको वर्षलाई संयोजन गरेर जुराइएको हो।

कोरोना भाइरस गत डिसेम्बरमा चीनमा भेटिएको हो। अहिले यसको संक्रमण दुई दर्जन देशमा भेटिएको छ।

भाइरसबाट सबैभन्दा बढी प्रभावित रहेको चीनमा हालसम्म हजारभन्दा बढीको ज्यान गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार मात्रै चीनमा एक सयभन्दा बढीको ज्यान गएको थियो।

कोरोना भाइरस संक्रमण विश्वव्यापीरूपमा फैलिएपछि डब्लूएचओले यसविरुद्ध लड्न विश्व समुदायलाई आग्रह गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 12, 2020| 10:08 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।