बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वस्थानी च्यात्नुपर्छ भन्ने सांसदलाई कमल थापाको यस्तो जवाफ

स्वस्थानी च्यात्नुपर्छ भन्ने सांसदलाई कमल थापाको यस्तो जवाफ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लाखौं जनताको विश्वासमा आघात पुर्‍याउने गरि उत्ताउलोपन देखाउन सांसदलाई नसुहाउने बताएका छन्।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लाखौं जनताको विश्वासमा आघात पुर्‍याउने गरि उत्ताउलोपन देखाउन सांसदलाई नसुहाउने बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद यशोदा गुरुङ सुवेदीले छाउसँग जोडिएका कु-संस्कारलाई मलजल गर्ने स्वस्थानी र ऋषिपञ्चमी व्रत कथाका केही पाना च्यात्नुपर्ने बताएपछि थापाले सामाजिक सञ्जालमार्फत अरुको आस्था/विश्वासमा आघात पुर्‍याउने र लाखौं जनताले पूजा/आराधना/उपासना गर्ने विषयमा अहंकार/उत्ताउलोपना प्रदर्शन गर्न सांसदलाई नसुहाउने बताएका हुन्।

थापाले सांसद सुवेदीलाई लक्षित गर्दै मनपर्दैन भने नपढ्न, तद्नुरुप व्यवहार नगर्न, उदाहरण बनेर आदर्श कायम गर्न सुझावसमेत दिएका छन्। उनले स्वस्थानी लगायतका पुराण/कथा प्रतिकात्मक हुन् भन्ने नबुझ्नु अज्ञानता भएको बताएका छन्।

प्रकाशित: Feb 11, 2020| 20:15 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।