शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पहिलाे विदेश भ्रमणका लागि भारत पुगे श्रीलंकाली राष्ट्रपति राजापाक्ष

पहिलाे विदेश भ्रमणका लागि भारत पुगे श्रीलंकाली राष्ट्रपति राजापाक्ष

 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोताबाय राजापाक्ष पहिलो विदेश भ्रमणका लागि शुक्रबार भारत पुगेका छन्। तीन दिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका राजापाक्षले आफ्नो कार्यकालमा श्रीलंका–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताएका छन् ।

‘मेरो कार्यकालमा म श्रीलंका–भारत सम्बन्धलाई उच्च तहमा लैजान चाहन्छु । हाम्रा दुई देशबीच लामो समयदेखि मित्रता कायम छ। आर्थिक विकास र हाम्रा जनताको सुरक्षाको लागि हामीले मिलेर काम गर्नुपर्छ,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि उनले भने ।

यही नोभेम्बर १७ मा भएको निर्वाचनमा राजापाक्ष विजयी भएका थिए। श्रीलंकामा केही वर्षयता भारत र चीनबीच प्रभाव विस्तार गर्ने प्रतिस्पर्धा छ ।

बीबीसी

प्रकाशित: Nov 29, 2019| 07:44 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।