कोरोना भाइरसबाट संक्रमित बिरामीहरु अस्पतालमै नाच्न थालेका छन् । साउथ चाइना मर्निङ पोष्टका अनुसार बिरामीहरु नाचगान लगायतका मनोरञ्जनात्मक गतिविधिमा सहभागी भई आफ्नो दुखाइ कम गर्ने प्रयास गरिरहेका छन् ।
चिकित्सकहरुले पनि बिरामीको यो गतिविधिले आत्मबल बढाउन उत्प्रेरणा मिल्ने बताएका छन् । चिकित्सकहरुले बिरामीमा हुन सक्ने मानसिक असरलाई कम गर्न नाचगान तथा पुस्तकहरु पढेर आफूलाई तनावमुक्त गर्न आग्रह गरेका छन् ।
उपचारपछि खतरामुक्त भई वार्डमा सारिएका बिरामी र विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु एक आपसमा नाच्दै, हँसीमजाक गरेर रोग प्रतिरोधात्मक शक्तिलाई बढाउन उत्साहित भएका छन् ।