आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रोहिंग्या शरणार्थी बोकेको डुंगा दुर्घटनामा, १४ को मृत्यु

रोहिंग्या शरणार्थी बोकेको डुंगा दुर्घटनामा, १४ को मृत्यु

बङ्गलादेशको दक्षिण भागमा रहेको समूदमा मङ्गलबार बिहान सबेरै भएको एक डुङ्गा दुर्घटनामा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ वेपत्ता भएका सरकारी अधिकारीले जनाएका छन् ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

ढाका– बङ्गलादेशको दक्षिण भागमा रहेको समूदमा मङ्गलबार बिहान सबेरै भएको एक डुङ्गा दुर्घटनामा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ वेपत्ता भएका सरकारी अधिकारीले जनाएका छन् ।

National life

रोहिङ्ग्या मुसलमान शरणार्थी बोकेको सो डुङ्गा दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको यस डुङ्गामा १३० व्यक्ति सवार रहेका जनाइएको छ ।

बङ्गालको खाडी पार गरेर मलेसियातर्फ गइरहेको सो डुङ्गा दुर्घटना भएको तटीय गार्डका प्रवक्ता हमीदुल इस्लामले एएफपी समाचार समितिलाई बताए । यस दुर्घटनाबाट करिब ७० व्यक्तिलाई जीवितै उद्धार गरिएको पनि एएफपीले जानकारी दिएको छ ।

सन् २०१७ मा म्यानमारमा जारी सैनिक कारवाहीको कारण छिमेकी देश बङ्गलादेशमा भाग्न बाध्य सात लाखभन्दा बढी रोहिङ्ग्या प्रायः बङ्गलादेशको कोक्स बजारमा रहेको शरणार्थी शिविरमा बसोबास गर्दै आएका छन् ।

प्रकाशित: Feb 11, 2020| 16:29 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।