बिहीबार, वैशाख ३१, २०८३

फिलिपिन्सको निर्यात ७० अर्ब डलर

मनिला– फिलिपिन्सको निर्यात गत वर्ष सन् २०१९ मा ७० अर्ब ३० करोड अमेरिकी डलर पुगेको फिलिपिन्सको व्यापार मन्त्रालयले जनाएको छ ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

मनिला– फिलिपिन्सको निर्यात गत वर्ष सन् २०१९ मा ७० अर्ब ३० करोड अमेरिकी डलर पुगेको फिलिपिन्सको व्यापार मन्त्रालयले जनाएको छ ।

National life

व्यापार मन्त्रालयका सचिव रामोन लोपेजले अघिल्लो वर्ष फिलिपिन्सको निर्यात व्यापार ६९ अर्ब ३० करोड डलर रहेको बताए । विश्वव्यापी रुपमा व्यापारमा आएको अनिश्चितताका बीच पनि मुलुकको अर्थतन्त्र सही मार्गमा रहेको लोपेजले बताए ।

अनिश्चितताका बाबजूद निर्यात व्यापारमा १।५ प्रतिशतले वृद्धि हुनु निकै सकारात्मक रहेको बताउँदै सचिव लोपेजले पूर्वी एसियाली मुलुकहरुमध्ये भियतनाम पछि फिलिपिन्सले सर्वोत्कृष्ट प्रदर्शन गरेको जानकारी दिए ।

पहिलो पटक, फिलिपिन्सको विद्युतीय सामग्रीको निर्यात ४० अर्ब डलर पुगेको छ । अघिल्लो वर्षको तुलनमा सन् २०१९ मा यो ४.४ प्रतिशतले बढी हो । यस क्षेत्रले कूल निर्यातको करिब ५७ प्रतिशत हिस्सा ओगटेको सचिव लोपेजले जानकारी दिए । गैर विद्युतीय सामग्रीको निर्यात भने करिब ३० अर्ब ३० करोड अमेरिकी डलर बराबरको भएको छ ।

फिलिपिन्सको आयात भने सन् २०१९ मा ४.८ प्रतिशतले घटेर १ खर्ब ७ अर्ब ४० करोड डलर भएको छ ।
रासस

प्रकाशित: Feb 11, 2020| 16:26 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।