शनिबार, साउन १६, २०८३

त्रिविको ४७ औं दीक्षान्त समारोहमा भाग लिन आवेदन माग

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४७ औं दीक्षान्त समारोह (२०७८) मा भाग लिन अनलाइन आवेदन फाराम खुला गरेको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४७ औं दीक्षान्त समारोह (२०७८) मा भाग लिन अनलाइन आवेदन फाराम खुला गरेको छ। कार्यालयले २०७७ असार १ गतेदेखि २०७८ जेठ ३१ गतेसम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर, एमफिल, पीएचडी तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई भाग लिन आवेदन फाराम खुला गरेको हो। फाराम भर्ने म्याद असोज २० गतेसम्म छ।

आवेदन फाराम पनिकाको वेबसाइटमा गएर भदौ २१ गतेदेखि अनलाइनमार्फत भर्न सकिने पनिकाले जनाएको छ। २०७८ साल आश्विन २१ देखि सो वेबसाइट बन्द हुनेछ। आवेदन फाराम अनलाइनमार्फत भर्दा विद्यार्थीले एमआरपी साइजको फोटो, नागरिकता प्रमाणपत्र र ट्रान्सक्रिप्टको स्क्यान कपी अनिवार्य रुपमा अपलोड गर्नुपर्ने हुन्छ। 

विद्यार्थीले स्कार्फ गाउनको १५ सय रुपैयाँ धरौटीसहित र प्रमाणपत्रका लागि स्नातक तहमा ३ हजार ७००, स्नातकोत्तर तथा एमफिल तहका लागि ४ हजार २०० विद्यावारिधि पीएचडी तहका लागि ४ हजार ७०० शुल्क बुझाउनुपर्नेछ।

प्रकाशित: Sep 06, 2021| 14:12 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्