बेइजिङ- चीनमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा नआएपछि प्रकोप नियन्त्रणका लागि खटिएका तीन वरिष्ठ अधिकारीहरूमाथि कारबाही गरिएको छ।
हुपेई स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन्।
हुपेई प्रान्तीय पार्टी स्थायी समितिले आयोगका सचिव झान जिन र निर्देशक लियु यिंगजीलाई पदबाट हटाएको हो।
यसैगरी चन्दा हिनामिना गरेको आरोपमा स्थानीय रेडक्रसका सहायक निर्देशक पदमुक्त भएका छन्। उनीहरुकाे ठाउँ नयाँ नियुक्त गरिएकाे छ।