आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइरसबाट एकै दिन १०८ को मृत्यु, डब्लूएचओको टोली चीनमा

कोरोना भाइरसबाट एकै दिन १०८ को मृत्यु, डब्लूएचओको टोली चीनमा

चीनको हुपेई प्रान्तमा फैलिएको कोरोना भाइरस संक्रमणबाट १०१६ जनाको ज्यान गएको छ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

बेइजिङ– चीनको हुपेई प्रान्तमा फैलिएको कोरोना भाइरस संक्रमणबाट १०१६ जनाको ज्यान गएको छ।

National life

यीमध्ये १०१४ चीनका छन् भने बाँकी एक जना फिलिपिन्स र एक जना हङकङका छन्।

चीनको वुहानमा सोमबार एकै दिन १०८ जनाको निधन भएको छ। एकै दिनमा मृत्यु हुनेकाे स‌ंख्या याे अहिलेसम्मकै धेरै हाे ।

विश्वभर ४२ हजार ६३८ जनालाई कोरोना भाइरस संक्रमण भएको छ।

चीनमा मात्र ४ हजार संक्रमितको सफल उपचार गरिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Laxmi sunrise bank
kumari

यसैबीच महामारी नियन्त्रणमा मद्दत गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली सोमबार चीन पुगेको छ।

संगठनका महानिर्देशक टेड्रोस एडनोम घेब्रेयससले भने, ‘भाइरस संक्रमणको उपचारमा एक ठूलो अन्तर्राष्ट्रिय टोली चाँडोभन्दा चाँडो परिचालन हुनेछ ।’ काेराेना भाइरसबाट मर्नेकाे स‌ंख्या प्रतिदिन बढ्दाे छ।

कुन दिन कतिकाे मृत्यु

मिति संख्या
फेब्रुअरी १० १०८
फेब्रुअरी ९ ९७
फेब्रुअरी ८ ८९
फेब्रुअरी ७ ८६
फेब्रुअरी ६ ७३
फेब्रुअरी ५ ७३
फेब्रुअरी ४ ६५
फेब्रुअरी ३ ६४
फेब्रुअरी २ ५७
फेब्रुअरी १ ४५
जनवरी ३१ ४६
जनवरी ३० ४३
जनवरी २९ ३८
जनवरी २८ २६
जनवरी २७ २६
जनवरी २६ २४
जनवरी २५ १५
जनवरी २४ १६
जनवरी २३
जनवरी २३ अगाडि १७

स्राेत : राष्ट्रिय स्वास्थ्य आयाेग चीन

प्रकाशित: Feb 11, 2020| 10:10 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।